जोडिनुहोस
  • होमपेज
  • खेलकुद क्षेत्र नेपालको ठूलो आयामको रूपमा विकास भएको छ : सभापति देउवा

खेलकुद क्षेत्र नेपालको ठूलो आयामको रूपमा विकास भएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रूपमा विकास गरेको बताएका छन् ।

शुक्रबार काठमाडौँ नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उनले देशमा अहिले युवा पुस्तामा खेलतर्फ अत्यन्तै आकर्षण बढेको भन्दै सबै नेपालीलाई खेलक्षेत्रमा लाग्न पनि आग्रह गरे ।

उनले भने,‘नेपाल खेलकुदमा धेरै अगाडि बढेको देश हो । हाम्रो देशमा अहिले युवा पुस्तामा खेलप्रति अत्यन्तै आकर्षण बढेको देखिन्छ । पार्टीका सबै साथीहरूलाई खेलकुदप्रति बढी आकर्षित गरेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास छ । खेलकुद नेपालको बहुत ठूलो आयाम हो । महत्त्वपूर्ण विधाको रूप पनि यसले लिन सकेको त्यसैले सबै दाजुभाइहरूलाई यसमा लाग्न पनि अनुरोध गर्दछु ।’

उनले नेपाली काँग्रेसमा धेरै चुनौतीहरू रहेको भन्दै चुनौतीहरूको सामना गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका