
पुजन घिमिरे
दमक – दमकमा आज दिउँसो गोली लागेर एक जना विद्यार्थी घाईते भएकी छन् । सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाईते भएकी हुन् ।
गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ । गोली हानेर फरार भएका युवकको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । घाईते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ ।
घाईते विद्यार्थीको पहिचान खुल्न सकेको छैन् । घटनाका बारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।