जोडिनुहोस
शुक्रबार, कार्तिक १६, २०८१
शुक्रबार, कार्तिक १६, २०८१
  • होमपेज
  • इङ्ल्याण्डलाई यू–२१ च्याम्पियनसिपको उपाधि

इङ्ल्याण्डलाई यू–२१ च्याम्पियनसिपको उपाधि

काठमाडौं । इङ्ल्याण्डले युरो यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले युरोपको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।

इङ्ल्याण्डले लगभग ४० वर्षको समयमा पहिलो पटक यो युरोपेली उपाधि हात पारेको हो । जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इङ्ल्याण्डले स्पेनलाई हराएको हो ।

ट्राफर्ड यसै सिजन म्यानचेस्टर सिटीबाट बर्नली जाने तय भएको छ । लामो समयको भारमार्फत प्राप्त पेनाल्टीमा एबेल रुइजको पेनाल्टीलाई उनले बचाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा कार्टिस जोन्सले गोलमा इङ्ल्याण्डले अग्रता लिएको थियो ।

स्पेनले प्रतियोगितामा १३ गोल गरेको थियो । रुइजको गोल अफ साइड हुनु र अन्तिम समयमा प्राप्त पेनाल्टीमा असफल भएपछि स्पेन प्रतियोगिताको उपाधि जित्नबाट बञ्चित बन्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका