निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपालाई नयाँ दलको मान्यता दिएको छ । आयोगले ७ जना प्रतिनिधि सभाका सांसद र ३० जना केन्द्रीय सदस्यहरूले दिएको निवेदनका आधारमा जसपालाई ११० नम्बरमा सोमबार दर्ता गरेको हो ।
राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरू र जसपा नेपालबाट छुट्टिएका ३० जना केन्द्रीय सदस्यहरूले नयाँ दर्ताका लागि आइतबार निवेदन दिएका थिए ।अशोक राईसहित प्रतिनिधिसभाका ७ जना सांसदहरूले पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाइएको हो । नयाँ पार्टीको पक्षमा जसपा नेपालका १२ मध्ये राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जानकारी दिएको छ ।
राईसहितको निवेदनअनुसार नयाँ दलको नाम जनता समाजादी पार्टी जसपा लाई मान्यता दिइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन् ।