सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार गठन आदेशमार्फत बनेको समितिको म्याद चार वर्ष तोकिएको थियो, जुन पर्सि २६ गते पूरा हुनेछ ।
नयाँ कानुन बनिनसकेकाले मन्त्रिपरिषद् बैठकले एक वर्ष म्याद थप्ने निर्णय गरेको उनले बताइन् ।