
काठमाडौं– नेपाली कांग्रेसले गरिरहेको संसद्को अवरोधमा आज कांग्रेसले गृहमन्त्री रबि लामिछानेको कुरा सुन्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘आज हामी गृहमन्त्रीले बोलेको सुन्छौँ । तर उहाँको जवाफमा चित्त नबुझे हाउस पुनः अवरोध हुन्छ । सहकारी ठगी प्रकरणमा उहाँको नाम जोडिएकाले उहाँले प्रमाणसहित स्पष्ट हुने कुरा राख्नुपर्छ ।’
लेखकका अनुसार गृहमन्त्रीले एक पटक आफ्नो कुरा बारम्बार सुनिदिन अनुरोध गरेकाले कांग्रेसले समय दिने भएको हो । लेखकले थपे, ‘हामीले उहाँलाई चान्स दिएको हो ।’
जसपा नेपाल विभाजन भएपछि रास्वपासँग कांग्रेस पनि केही लचिलो देखिएको छ । यसअगाडि कांग्रेसले बजेट अधिवेशनमा पनि गृहमन्त्री माथि छानबिन समिति नबने संसद् अवरोध कायम राख्ने बताएको थियो ।
गृहमन्त्रीले बुधबार सभामुख देवराज घिमिरेलाई आफू संसद्का बोल्न पाउनुपर्ने मागसहित पत्र नै पठाएका थिए ।