जोडिनुहोस
  • होमपेज
  • नाम्खा र हलेसीबिच मितेरी साइनो

नाम्खा र हलेसीबिच मितेरी साइनो

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो जोडिएको छ। सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय मितेरी साइनो जोडिएको हो।

कैलाश मानसरोवरनजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बालगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल रहेको नाम्खा गाउँपालिका र प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो गाँसिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए।

उनले हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईलाई सो प्रस्ताव राखकी थिइन्। नगर प्रमुख राईले उक्त प्रस्ताव स्वीकार गरेपछि अध्यक्ष लामाको टोली हुम्लाबाट खोटाङ पुगेको हो। दुई स्थानीय तहबीच सांस्कृतिक साइनो गाँसेर धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने प्रतिबद्धतासमेत जनाएको बताउँदै उनले यस किसिमको सम्बन्धले आपसी सम्बन्ध र विकासमा उपलब्धि हासिल हुने जनाए। मितेरी साइनो जोडिएपछि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए।​

मितेरी साइनो जोडिएपछि सांस्कृतिक पक्ष मात्र होइन, धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि विकास र प्रवर्धनमा मिलेर लाग्ने हलेसी नगर प्रमुख राईले बताइन्। यो नेपालमै पहिलो अभ्यासका रूपमा भएको छ। मितेरी साइनो कार्यक्रममा दुवै स्थानीय तहका प्रमुख तथा अध्यक्षबिच मायाको चिनो साटासाट गरिएको थियो। सो अवसरमा विकासका लागि आफ्ना अनुभवसमेत साटासाट गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका