जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरपालिका–४ द्वारा गुणस्तरीय प्रांगारिक मल वितरण कार्यको प्रारम्भ

काठमाडौं महानगरपालिका–४ द्वारा गुणस्तरीय प्रांगारिक मल वितरण कार्यको प्रारम्भ

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारले गल्ने र नगल्ने फोहरमैला वर्गीकरण गर्ने महानगरबासीहरूको नेप्सेम्याक सेवा प्रा.लि. को सहयोगमा गुणस्तरीय प्रांगारिक मल वितरण कार्यको प्रारम्भ गरेको छ ।

गुणस्तरीय प्रांगारिक मल वितरण गर्दै वडाध्यक्ष दिनेश महर्जनले फोहरमैलाको उचित व्यवस्थापन भनेको वर्गीकरण नै भएकोले यसको उचित वर्गीकरण गर्न वडाबासीहरूमा आग्रह गर्नु भयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले फोहरमैला वर्गीकरण गर्ने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै थप प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिनुभयो ।

हरेक वर्ष ५ के.जी. का दरले निःशुल्क मल वितरण गर्ने अभियानले निरन्तरता पाउने उल्लेख गर्नुभयो । कार्यक्रम कामपा ४, बालुवाटार स्थित विशाल मिलन केन्द्रमा करिब २०० जनाको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा १५०० केजी प्याकेट मल वितरण गरिएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका