जोडिनुहोस
  • होमपेज
  • बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलियो, २९ जना बिरामी

बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलियो, २९ जना बिरामी

राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।

कुसुम स्वास्थ्य चौकी इञ्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी र दूषित पानी भएकाले गाउँमा झाडापखाला फैलिएको अनुमान छ । प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका