जोडिनुहोस
  • होमपेज
  • जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन

काठमाडौं । नेपाल सरकारले एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयमा असन्तुष्टि जनाएको छ।

चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताए। उनले भने‘ ‘सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ छैन। धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्छ। यसमा हामी प्रष्ट छौं।’

गत बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो।

एक सय रुपैयाँ दरको बैँकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैँकलाई स्वीकृति दिएको समेत दिइसकेको छ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका