जोडिनुहोस
  • होमपेज
  • महेश बस्नेत विरुद्धको मुद्दा तामेलीमा राखेकोबारे अदालतले माग्यो लिखित जवाफ

महेश बस्नेत विरुद्धको मुद्दा तामेलीमा राखेकोबारे अदालतले माग्यो लिखित जवाफ

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले लिखित जवाफ मागेको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् । बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो । वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो ।

अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत सबुद प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ । सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help