जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकमा आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

राष्ट्र बैंकमा  आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा दिने व्यवस्थामा पुनरावलोकन योजना ल्याएको छ ।राष्ट्र बैंकले घर र गाडी खरिद गर्नका लागि केन्द्रीय बैंकले सजिलो नीति अख्तियार गर्ने भएको छ ।

मौद्रिक नीति समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले घरजग्गा खरिद प्रयोजनमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरेको छ । त्यसका लागि कर चुक्ता प्रमाण पेस गरेपछि ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने पनि मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा किन्नेले आम्दानीको ७० प्रतिशतसम्म बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीमा प्रयोग गर्न पाउने भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका