जोडिनुहोस
  • होमपेज
  • शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै

शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नं ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले जानकारी दिए । प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वशान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उपाध्यक्ष गुरुङले बताए।

‘यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचार हुने अपेक्षा छ’, उपाध्यक्ष गुरुङले भने, ‘त्यतिमात्र नभई पर्यटकीय सम्भावना बोकेको डोल्पाका पर्यटकीयस्थलको चिनारी स्थापित गर्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका