जोडिनुहोस
  • होमपेज
  • ‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने

‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने

नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट रहेको पुष्टि भएको छ । यहाँ पुनः कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम सिक्वेन्सिङ गरिएको थियो । सो क्रममा कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा भित्रिएको पुष्टि भएको हो । ‘केपी१’ र ‘केपी२’ भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिका र अफ्रिकी मुलुकमा भेटिएको थियो । राष्ट्रिय प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी१’ र ‘केपी२’ नेपालमा भित्रिएको पुष्टि भएको जानकारी दिए ।

देश भरका १५ वटा प्रयोगशालाहरूमा हालै आएका ४२ वटा संक्रमण केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले दुईवटा नमूनामा ओमिक्रोन जेएन १, १२ नमूनामा ओमिक्रोन बीए।२०, १७ नमूनामा ओमिक्रोन केपी १, एक नमूनामा ओमिक्रोन केपी २ र १ नमूनामा ओमिक्रोन केपी ३ भेटिएको जानकारी दिएको हो । यसअघि छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन-१’ नेपालमा पनि देखिएको थियो ।

हाल विश्वमा महामारीकै रूपमा देखिन थालेको नयाँ भेरिएन्ट ‘केपी-१’ र केपी-२ नेपालमा पनि पुष्टि भएको हो । नेपालमा भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको, तर कोभिडको बेलामा झैं सावधानी अपनाउन प्रयोगशालाका सूचना अधिकारी जैसीले आग्रह गरेका छन्‌ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?