जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्रीलाई मत दिने नाउपका दुई सांसद कारवाहीमा

मुख्यमन्त्रीलाई मत दिने नाउपका दुई सांसद कारवाहीमा

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारवाही गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारवाही गर्ने जनाएको हो ।नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गरिने नाउपाका मुख्य सचेतक खुशीराम थारुले बताए । उनीहरु दुवै जनाले दलको ह्विपलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

विश्वासका मत दिएका दुवै जना प्रदेश सभा सदस्य सत्तापक्षको बेन्चमा र सरकारको विपक्षमा रहेका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बसेका थिए । उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दुवै सदस्य नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर हुन् भने सरकारको विरोधमा रहेका पाँच जना सदस्य भने संरक्षक रेशमलाल चौधरी पक्षधर रहेका बताइएको छ

धेरै टिप्पणी गरिएका