जोडिनुहोस
  • होमपेज
  • खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी

काठमाडौं– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार धनकुटा पाख्रिबासमा उनको अंशबाट प्राप्त ६७ रोपनी भन्दा बढी जग्गा रहेको छ । त्यस्तै राईसँग पैतृक सम्पत्तिबाट प्राप्त १० तोला सुन र १०० तोला चाँदी रहेको छ ।

राईको एभरेष्ट बैंकमा खाता भएपनि पैसा भने नभएको उनले विवरणमा उल्लेख गरेका छन् । उनले विवरणमा आफू ऋणी भएको देखाएका छन् । उनले आफूले ०७९ भदौमा रामबहादुर राईबाट २० लाख र राष्ट्रिय वाणिज्य बैंकबाट ३५ लाख ऋण लिएको उल्लेख गरेका छन् ।

सवारी साधनको रुपमा श्रीमती मञ्जुमानवी पौडेलको नामा एउटा स्कुटर र बुहारी युनिता राईको नामा एउटा स्कुटर रहेको मन्त्री राईले उल्लेख गरेका छन् । साथै उनले सम्पत्तिको रुपमा ७ वटा गाई र ६३ वटा बाख्रा रहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका