जोडिनुहोस
  • होमपेज
  • सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न सिरोहियालाई पक्राउ गरिएको बताएका हुन् ।

उनले लेखेको छन्, ‘ प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ। म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन्–हेक्का रहोस्।’

धेरै टिप्पणी गरिएका