जोडिनुहोस
  • होमपेज
  • सिरोहियालाई तत्काल रिहा गर्न मिडिया सोसाइटीको माग

सिरोहियालाई तत्काल रिहा गर्न मिडिया सोसाइटीको माग

काठमाडौं । मिडिया सञ्चालकहरुको संगठन मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेको छ । सरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने सोसाइटीले घोषणा गरेको छ ।

मिडिया सोसाइटीले बुधबार पत्रकार सम्मेलन गर्दै सिरोहिया पक्राउको निन्दा गरेको हो । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष जारी राख्ने बताउँदै नागरिकतामा विवरण तलमाथि हुँदैमा पक्राउ गर्न नमिल्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि गडबडी रहेको आशंका उनले गरे ।

कँडेलले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ । उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ । पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला । त्यसमा नाम, थर, वतन, जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ । सबै पत्रकार साथीहरलाई आग्रह गर्छौं कि एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । कसरी र के प्रक्रिया अपनाउनुभएको रहेछ ।’

सिरोहियालाई चाँडोभन्दा चाँडो रिहा गर्न माग गर्दै कँडेलले भने, ‘रिहाइ नभएसम्म उहाँमाथिको गिरफ्तारीका विरुद्ध निरन्तर संघर्षरत छौं र मिडिया सोसाइटी संघर्षरत रहनेछ ।’

पक्राउ पूर्जीपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिनेमा मिडिया हाउमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका