जोडिनुहोस
  • होमपेज
  • विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए । बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका