जोडिनुहोस
  • होमपेज
  • राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर पार्टी फुटाए; उपेन्द्र यादव

राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर पार्टी फुटाए; उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै उनले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाएँ, जे पनि गर्छु’, उनले भने,’प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्रोतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेको लोकतन्त्रलाई सिध्याउने अभ्यास हो, लोकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको छ ।’

आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताए । उपेन्द्र यादव अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठसहितका नेताहरुले अर्को पार्टी गठन गरेका थिए । नेपालमा संसदीय व्यवस्था नै असफल भइसकेको बताउँदै यादवले अहिले संसदमा सरकारले मार्सल लगाइरहेको बताए । जसपा मोरङ निर्वाचन क्षेत्र नम्बर ५ ले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र माथि प्रहार गर्ने क्रममा सरकारले प्रेसमा हमला गरेको बताए । सहकारीको वचत रकम हिनामिना गरेको समाचार सार्वजनिक गरेका कारण सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको यादवले आरोप लगाए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका