जोडिनुहोस
  • होमपेज
  • रास्वपालाई विश्वप्रकाशको सुझाव; दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन

रास्वपालाई विश्वप्रकाशको सुझाव; दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताएका हुन् ।

‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजुरभाउजूमाथि, माइजूरमामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’

छानबिनका क्रममा जो दोषी देखिए पनि जेल जान्छ । बाँकीले ढुक्कले राजनीति गर्न सकिने शर्माले बताए । ‘रास्वपाका एक नेताले भन्नुभएछ । हाम्रा सभापति दोषी ठहरिए हामी सबैले राजनीति छोडिदिन्छौं,’ शर्माले भने, ‘विश्वप्रकाशमाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो । बाँकी कांग्रेसीले राजनीति छोड्ने होइन ।’

गृहमन्त्री रवि लामिछानेले पनि छानबिन समिति बनेपछि त्यसले दिएको निर्णय मान्नुपर्ने शर्माले बताए । संसद्‌मा बोल्दै गर्दा अन्तर्राष्ट्रिय छानबिन समिति बनाए हुन्छ भन्ने गृहमन्त्रीले समितिको कार्यादेशमा भने गोर्खा मिडियाको नाम लेख्न नचाहेको शर्माले बताए ।

‘सबै सहकारीको छानबिन गर्न सम्भव छैन । अस्पतालमा आएका सबै बिरामीको अप्रेसन गर्ने भन्ने हुँदैन,’ शर्माले भने, ‘कसलाई एन्टिबायोटिक दिएर पठाउने हो, कसलाई अप्रेसन गर्नुपर्ने हो डाइग्नोसिसपछि प्रमाणित हुन्छ ।’

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका