जोडिनुहोस
  • होमपेज
  • संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने लगायतसँग छलफल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । कांग्रेसको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्दै आएका छन् । एकीकृत समाजवादीले १० औं महाधिवेशनका लागि तयार गरिएको पार्टीको दस्तावेज जिल्लास्तरमा पठाउने निर्णय पनि गरेको छ । अर्को सचिवालय बैठक अब १४ जेठमा बस्नेछ ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका