जोडिनुहोस
  • होमपेज
  • ग्वार्को हिट एण्ड रन घटना; फरार चालक टिपरसहित गोदावरीबाट पक्राउ

ग्वार्को हिट एण्ड रन घटना; फरार चालक टिपरसहित गोदावरीबाट पक्राउ

ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बा ३ ख ६६२१ नम्बरको टिपरका चालक गोदावरी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ छन् । सिसिटिभी फुटेजको आधारमा उनलाई गोदावरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।गएराति १ बजेतिर ग्वार्कोमा नम्बर नखुलेको टिपरले प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट सिरहा घर भइ कोटेश्वर बस्दै आएका ३२ वर्षीय मोटरसाइकल चालक जयनाथ यादव गम्भीर घाइते भएका थिए । ग्वार्कोकै बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा राति नै उनको मृत्यु भएको थियो । तर, यादवलाई ठक्कर दिएर फरार भएको टिपरको पहिचान भएको थिएन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सिसिटिभी फुटेमार्फत टिपरको पहिचान गर्दै टिपरसहित चालक तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङविरुद्ध प्रहरी वृत्त सातदोबाटोबाट सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको एसपी सुवेदीले बताए ।

धेरै टिप्पणी गरिएका