जोडिनुहोस
  • होमपेज
  • राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि

राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु हुँदै छ ।

धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्यान्ह १२ बजेपछि सुरु हुन लागेको बैठक तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीले उठाउँदै आएको हिन्द राष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजनाबारे पनि छलफल हुने बताइएको छ ।बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जबराले सांगठनिक प्रतिवेदन पेस गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका