जोडिनुहोस
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ। महालक्ष्मी विकास बैंकले ३० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यो बैंकले जेठ ७ गतेदेखि २९ औँ वर्ष पार गरेको हो

वार्षिक उत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते, आइतबार आठ शाखाकार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकले जेष्ठ ७ गते, सोमबार केन्द्रिय, प्रादेशिक तथा शाखाकार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा जेष्ठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गर्न लागेको छ।

विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला ९महालक्ष्मीकर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३० १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २२, २३ र २४ गते सञ्चालन हुनेछ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवाप्रदानगर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखाकार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।

धेरै टिप्पणी गरिएका