जोडिनुहोस
  • होमपेज
  • सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो

सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो

काठमाडौं- काठमाडौंमा आन्दोलित सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलाएको छ ।

केही दिनयता निरन्तर आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूसँग वार्तामा तत्परता देखाएको हो । आन्दोलन जारी रहेकै बेला पीडितहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बोलाइएको हो ।

वार्ताका लागि सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव र वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठ र कोषाध्यक्ष देवकुमार श्रेष्ठलाई खटाइएको छ । महासंघमा आवद्ध ३५० सहकारीका पीडितहरू अहिले आन्दोलनमा सहभागी छन् । ७४ लाख वचतकर्तामध्ये १४ लाख पीडित छन् ।

जसमध्ये १४ हजारजना महासंघमा सदस्य भइसकेका छन् । देशभरका ३० हजार बढी सहकारीमध्ये ३५० वटा पूर्णरुपमा डुबेका अध्यक्ष केसीले बताएका छन् ।

धेरै टिप्पणी गरिएका