जोडिनुहोस
  • होमपेज
  • नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनाले आजै सम्झौता पत्र बुझेका छन् ।

यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डङ्गोल थिए । कटुवाल र डङ्गोलको सम्झौता सकिएपछि एन्फाले उनीहरूको ठाउँमा घिमिरे र तिमिल्सिनालाई नियुक्त गरेको हो । नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा आउँदो जुन ६ मा यूएईसँग खेल्दैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका