जोडिनुहोस
  • होमपेज
  • सुनको लेपन लगाइएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सुनको लेपन लगाइएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानी छन् । उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो । एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । सो क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो । पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ । पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका