जोडिनुहोस
  • होमपेज
  • सुर्तीको खोल फेर्ने बजेट घोषणामा निरीह बनेपछि संघीय सरकारलाई बालेनको ‘झटारो’

सुर्तीको खोल फेर्ने बजेट घोषणामा निरीह बनेपछि संघीय सरकारलाई बालेनको ‘झटारो’

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारले बजेट कार्यान्वयन नगरेको प्रति आक्रोशित छन् । सरकारले चालु आर्थिक वर्ष आव २०८०र८१ को बजेटमा सुर्तीजन्य पदार्थलाई १ वैशाखदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने ‘डिग्रेडेबल’ जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भनेकोमा कार्यान्वयन नगरेपछि संघीय सरकारप्रति आक्रोशित भएका हुन् । मेयर बालेनले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘सुर्तीजन्य वस्तु, धूमपानजस्ता प्लास्टिकमा प्याक गरेका वस्तुका लागि पनि हो । आज जेठ महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका