जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा बैठक सुचारुका लागि कार्यव्यवस्था बैठक

राष्ट्रियसभा बैठक सुचारुका लागि कार्यव्यवस्था बैठक

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालतको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा बैठक सहज रुपमा अघि बढाउनका लागि पहल भइरहेको छ ।

अध्यक्ष दाहालले विभिन्न दलका सचेतक तथा प्रमुख सचेतक लगायतसँग छलफल गरिरहेको दाहालका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

गृहमन्त्रीमाथि संसदीय छानविन समितिको माग गर्दै राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गर्दै आएको छ । आज बिहान साढे ११ बजेका लागि बैठक बोलाइएपनि अझै सुरु हुन सकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका