जोडिनुहोस
  • होमपेज
  • बालेनका कुरा सुन्छु तर न्युराेडकाे तोडफोड कानूनसम्मत छैन मन्त्री: महासेठ

बालेनका कुरा सुन्छु तर न्युराेडकाे तोडफोड कानूनसम्मत छैन मन्त्री: महासेठ

काठमाडौं– उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् ।

काठमाडौंकाे सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले राजधानीस्थित सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारी दिएकाे सन्दर्भमा मन्त्री महासेठले यसो भनेका हुन् । उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै

न्युरोडमा काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउने नाममा गरेको तोडफोड कानूनसम्मत नभएको बताए ।कलंकी-महाराजगञ्ज सडक विस्तारको विषयलाई मेयर साहले उठाएको कुरालाई आफूले सल्लाहका रूपमा लिएको पनि मन्त्री महासेठले बताए ।

कलंकी–महाराजगन्ज सडक विस्तार नभएको भन्दै काठमाडौँ महानगरपालिकाका कर्मचारीले शनिबार सडक डिभिजनको गेटअगाडि एक ट्रक धुलो उपहार भन्दै पोखिदिएका थिए ।

यसबारे महासेठले आइतबार भने, ‘अहिले हामी सरसल्लाह गर्दै छौँ । मलाई लाग्छ, कलंकी-महाराजगन्जको मुद्दा जसरी अगाडि ल्याउनुभएको छ, त्यसलाई सल्लाहका रूपमा लिएको छु । शनिबार दिउँसो मेयर शाहले सार्वजनिक गरेको भनाइप्रति आपत्ति छैन । तर न्युरोडमा भइरहेको क्रियाकलापलाई कानूनसम्मत मान्न सकिन्न ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका