जोडिनुहोस
  • होमपेज
  • आगामी वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने

आगामी वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने

काठमाडौँ — नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१र२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका