जोडिनुहोस
  • होमपेज
  • कार्यादेशमा छलफल गर्न ४ दलका प्रमुख नेताको बैठक ३ बजे

कार्यादेशमा छलफल गर्न ४ दलका प्रमुख नेताको बैठक ३ बजे

काठमाडौं। संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेन । दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो । रास्वपा नेता एवं कार्यदल सदस्य शिशिर खनालले शीर्ष चार नेताको बैठक बस्ने जानकारी गराए ।

बिहानको बैठकमा सामूहिक छलफल भनिए पनि प्रधानमन्त्रीले फरक-फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।चार दलको सामूहिक छलफल भने बैठकमा हुन नसकेको सहभागी एक नेताले जानकारी दिए ।उनले भने,‘प्रधानमन्त्रीले सबै दलसँग छुट्टाछुट्टै कुरा गर्नुभयो । सामूहिक छलफल भने भएन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका