जोडिनुहोस
  • होमपेज
  • सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’ लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरिसकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए ।

फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो ।

धेरै टिप्पणी गरिएका