जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड र ओली संघीयताविरोधी हुन् : मुख्यमन्त्री यादव

प्रचण्ड र ओली संघीयताविरोधी हुन् : मुख्यमन्त्री यादव

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली संघीयताविरोधी भएको आरोप लगाएका छन् ।

मधेश सरकार अल्पमतमा रहेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न ध्यानाकर्षण गराउन आएका नेकपा एमाले, जनमत, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग उनले प्रचण्ड र ओली संघीयताविरोधी भएको टिप्पणी गरेका हुन् ।

‘पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ । तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला थिए, तर अहिले संघीयताको घोर विरोधी हो । प्रचण्डले संघीयता चाहेकै छैनन्’, उनले भने ।

अहिलेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशमा चुनाव नै नलडेका कारण ऊ पनि संघीयताविरोधी भएको मुख्यमन्त्री यादवले बताए । उनले भने, ‘यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ?’

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेश प्रदेशमा पटक पटक दलहरुले विश्वासको मत फिर्ता लिने गरेको र संघीय सरकारले कर्मचारीको सरुवा गरेको आरोप लगाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका