जोडिनुहोस
  • होमपेज
  • संसदीय समिति बनाउने सहमतिलाई कांग्रेसले कार्यान्वयन गर्ने

संसदीय समिति बनाउने सहमतिलाई कांग्रेसले कार्यान्वयन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमतिलाई कार्यान्वयन गर्ने भएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । लेखकका अनुसार अब कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रूप दिने बताइएको छ । अहिले कार्यादेशबारे छलफल गर्न दलहरू जुटेका छन् ।

लेखकले भने, ‘यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ जहाँ गएको छ, कानुनी÷गैरकानुनी रूपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक भएन ।’ उनका अनुसार आज ३ बजे बस्ने संसद् बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने बताए ।

कांग्रेस नेताहरुका अनुसार बैठकले कार्यादेशसहित संसदीय समिति बनाउन ७ सदस्य टोली तय भएपछि मात्र अर्थमन्त्रीले बजेट भाषण गर्ने छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै निरन्तर फागुन ३० पछि संसद अवरोध गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका