जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

धेरै टिप्पणी गरिएका