जोडिनुहोस
  • होमपेज
  • सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ५ बजे सानेपाको स्टार अस्पताल अगाडि मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरि बस्ने २४ वर्षीय विजय घिसिङको मृत्यु भएको एसपी सुवेदीले बताए। उनको स्टार अस्पतालमा उपचारको क्रममा बिहान साढे ७ बजे मृत्यु भएको हो।  त्यस्तै ३७ वर्षीय सञ्जयकुमार घिसिङ घाइते छन्। उनको उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ। दुई जनामध्ये को चालक थिए भन्ने खुलिसकेको छैन।

घाइतेका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन्। कसरी दुर्घटनामा भएको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका