जोडिनुहोस
  • होमपेज
  • जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत

जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत

जनकपुरधाम– विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ ।

गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख मूल्य बराबरको काजु र किसमिस जनकपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार २३ लाख मूल्य बराबरको रहेको छ ।

भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त टोलीले काजु र किसमिससहित मधेस प्रदेश ०४–००१ ख नंको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका