जोडिनुहोस
  • होमपेज
  • प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने, ‘सहकारीको छानबिन अब फास्ट ट्रयाकमा अघि बढ्छ’

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने, ‘सहकारीको छानबिन अब फास्ट ट्रयाकमा अघि बढ्छ’

काठकमाडौं– संसद्को गतिरोध अन्त्य गर्न राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

मंगलबार सत्ता पक्ष र प्रतिपक्षले सहमति गरेर प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपूर्ण नेतृत्वका कारण कार्यदलले सही रूपमा काम गर्न सकेको बताएका थिए ।

आफ्नो भूमिकालाई कुशलतापूर्वक पूरा गरेकोमा कार्यदल संयोजकसहित सबै सदस्यहरूलाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले कार्यदलको सुझावका आधारमा फास्ट ट्रयाकबाट काम अगाडि बढाउने आश्वासन दिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका