काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । चालु आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख छुट्याएको थियो । अर्थमन्त्री पुनले संघीय संसद्को बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।