जोडिनुहोस
  • होमपेज
  • पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल

काठमाडौं- सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् । चालु आवमा कमला-ढल्केबर–पथलैया, बुटवल– गोरुसिङ्गे, काकडभिट्टा लौकही, पथलैया– नारायणगढ र लमही– भालुबाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिएको छ ।

आगामी आर्थिक वर्षमा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिने मन्त्री पुनले बताए । सरकारले चालु आर्थिक वर्षका लागि पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरिएको थियो, जसको अहिले कार्यान्वयन भइरहेको छ ।

धेरै टिप्पणी गरिएका