जोडिनुहोस
  • होमपेज
  • द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट विनियोजन

द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट विनियोजन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौं-तराईरमधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए । नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका