जोडिनुहोस
  • होमपेज
  • वन मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट विनियोजन

वन मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट विनियोजन

काठमाडौं– मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका छन् । पुनले प्रस्तुत गरेको बजेटमा वन, तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

निर्वातमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटले वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ अर्ब ८६ करोड रुपैयाँ राजश्व वन क्षेत्रबाट प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका