जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जालमा चिनियाँ राजदूतको आलोचना

सामाजिक सञ्जालमा चिनियाँ राजदूतको आलोचना

काठमाडौँ— सामाजिक सञ्जालमा चिनियाँ राजदूत चेन सङको आलोचना भएको छ ।

टक्सार न्युजका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीसँग सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिएपछि नेपालका लागि चिनियाँ राजदूत चेन सङको आलोचना भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई लिएर पत्रकार बुढाथोकी र चिनियाँ राजदूत सङबीच सामाजिक सञ्चाल एक्समा सवाल जवाफ भएको थियो । राजदूत सङले सार्वजनिक रूपमा पत्रकार बुढाथोकीलाई माफी माग्न लगाएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

सोमवार पत्रकार बुढाथोकीले सामाजिक सञ्जाल एक्समा पोखरा विमानस्थलको विषयलाई लिएर पोस्ट राखेका थिए । सो पोस्टमा ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।’ भन्दै लेखेको थिए ।

उनले लेखेको उक्त पोस्टमा चिनियाँ राजदूत चेन सङले रिप्लाई दिंदै, “यो मैले देखेको अहिलेसम्मकै सबैभन्दा खराब झूट हो,” राजदूत सङले लेखेका छन्, “यो सार्वजनिक सूचना हुँदाहुँदै पनि तपाईंले यसबारे झूट फैलाउने हिम्मत गर्नुभयो ।”

त्यस लगत्तै पत्रकार बुढाथोकीले लेखे, “पर्खनुहोस्, म प्रमाणसहित प्रकाशित गर्छु ।”

फेरी, उक्त रिप्लाईको रिप्लाई दिंदै चिनियाँ राजदूतले “तपाईंसँग डकुमेन्ट छ भने प्रकाशित गर्नुहोस् । यदि छैन र प्रमाण खोज्न समय लाग्छ भने, यो दाबी गर्नुको आशय के रु” भन्दै लेखेको थिए ।

यसैगरी, चिनियाँ राजदुत सङले अर्को रिप्लाई दिंदै “हामी तपाईं र तपाईंले प्रतिनिधित्व गर्ने मानिसबाट औपचारिक माफीको माग गर्दछौं ।” भनेर लेखेका छन् ।

यसअघि पनि चिनियाँ राजदूत विवादमा आएका थिए । उनले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिभित्रै चर्काचर्की भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उनले दिएको नेपाल–भारत सम्बन्ध र नेपालको अर्थतन्त्रका सम्बन्धमा गरेको टिप्पणीप्रति आपत्ति जनाएका थिए ।

राजदूत सङको भनाइमा भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा व्यहोर्नुपरेको टिप्पणी र नेपालको आत्मनिर्भरताको खोजीमा छलफल गर्दा अकूटनीतिक भाषा प्रयोग गरेको बताइएको थियो ।

त्यतिबेला समितिमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले चिनियाँ राजदूतको भनाइलाई कूटनीतिक मर्यादा बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । त्यसैगरी, आम जनता पार्टीका सांसद प्रभु शाहले चिनियाँ राजदूतसँग माफी माग्नुपर्ने बताउँदै आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि पहल गर्न आग्रह गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका