जोडिनुहोस
  • होमपेज
  • सुन तोलामा ६०० रुपैयाँ बढ्यो

सुन तोलामा ६०० रुपैयाँ बढ्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?