जोडिनुहोस
  • होमपेज
  • भारतमा ५० डिग्री सेल्सियसमाथि पुग्यो तापक्रम

भारतमा ५० डिग्री सेल्सियसमाथि पुग्यो तापक्रम

नयाँ दिल्ली । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । राजस्थानको चुर र हरियाणाको सिर्सामा तापक्रम ५० डिग्रीमाथि पुगेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार उक्त दिन चुरमा तापक्रम चढेर साढे ५० डिग्री सेल्सियससम्म पुगेको थियो ।

सिर्सामा पनि तापमान ५० दशमलव ३ डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रमा साढे ४९ डिग्री सेल्सियसभन्दा माथि तापमान रेकर्ड भए । आईएमडीले दिल्लीको मुंगेशपुर र नरेलामा ४९ दशमलव ९ डिग्री सेल्सियस र नजफगढमा ४९ दशमलव ८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।

राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो । यद्यपि, मुंगेशपुर र नरेला मौसम स्टेसनहरू २०२२ मा स्थापना भएका थिए र विगत तीन वर्षयताका मात्रै रेकर्डहरू छन् । आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ । आईएमडीले बिहीबार उत्तर–पश्चिम भारतका केही भागहरूमा पश्चिमी अवरोधको अपेक्षा गरिएको छ । यसका कारण सप्ताहान्तमा केही वर्षा हुन सक्ने अनुमान छ ।

आईएमडीका महानिर्देशक मृत्युञ्जय महापात्राले उत्तर–पश्चिम र मध्य भारतमा तातो लहरको अवस्था पश्चिमी विक्षोभको अनुपस्थितिलाई श्रेय दिएका छन् । आईएमडीका अनुसार आगराको ताज महल, बिहारको देहरी, उत्तर प्रदेशको हमीरपूर समेतका १० मौसम केन्द्रहरूमा यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड भएको बताइएको छ ।

गर्मी बढेसँगै हिटस्ट्रोकका बिरामी बढेका छन् भने यसका कारण दिनहुँ मृत्युका घटनाहरू भइरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका