जोडिनुहोस
  • होमपेज
  • एमाले चितवनको अध्यक्षमा फराकिलो मतान्तरसहित पाठक विजयी

एमाले चितवनको अध्यक्षमा फराकिलो मतान्तरसहित पाठक विजयी

भरतपुर- नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् ।

पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी घनश्याम कँडेललाई भारी मतान्तरले हराए । पाठले ६०६ मतसहित जित निकाल्दा प्रत्यासी कँडेल केबल ९३ मतमा सीमित भएका थिए ।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भए । पाठकको नेतृत्वमा १२० सदस्यीय जिल्ला कमिटी पनि निर्वाचित भएको छ । जिल्ला कमिटी सदस्यतर्फ केही पालिकामा निर्विरोध भएको छ ।

प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।

धेरै टिप्पणी गरिएका