जोडिनुहोस
  • होमपेज
  • सर्वोच्च अदालतद्वारा केजरीवालको अन्तरिम जमानत लम्ब्याउने निवेदन खारेज

सर्वोच्च अदालतद्वारा केजरीवालको अन्तरिम जमानत लम्ब्याउने निवेदन खारेज

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न मागसहित दिएको निवेदनमाथि सुनुवाइ गर्न भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ ।

यस याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नभएको बताइएको छ । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित घोटालामा अन्तरिम जमानतमा छुटेका थिए । उनको जमानत जुन १ मा सकिँदैछ । केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उनी मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट बाहिर आएका थिए । सम्पत्ति शुद्धीकरण मामिलामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका