जोडिनुहोस
  • होमपेज
  • गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। यो उपधारामा प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन्।  यसअघि उनले कांग्रेस, माओवादी र समाजवादीका ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

उनी गण्डकीको चौथो मुख्यमन्त्री भएका छन्। नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

धेरै टिप्पणी गरिएका